Postal Saving Bank
Registration |
हुलाक बचत बैंक शाखा ( Postal Saving
Bank) हुलाक ऐन,२०१९ अन्र्तगत
जारी भएको हुलाक बचत बैंक नियमावली,२०३३ अनुसार नेपालमा आर्थिक बर्ष २०३३÷३४ देखि
हुलाक बचत बैंक प्रारम्भ भएको हो । देशभरि छरिएर रहेको सानो सानो पूँजीलाई बचतको
रुपमा संकलन गरी नागरिकहरुको बचत गर्ने बानीको विकास तथा देश विकासमा टेवा पु¥याउने
उद्देश्यका साथ यस हुलाक बचत बैंक स्थापना गरिएको हो । यस हुलाक बचत बैंकमा बचत
खाता (Saving Account)को मात्र कारोबार
हुन्छ र बचतकर्तालाई दिनुपर्ने व्याज सरकारले व्यर्होने व्यवस्था मिलाइएको छ ।
नेपालको निशाना छाप प्रयोग गर्ने नेपालको यो एकमात्र बैंक हो । हुलाक
बचत बैंकका विशेषताहरु ·
सबै नेपाली नागरिकले सजिलै खाता खोली
रकम जम्मा गर्न सक्ने, ·
रु ५००।– मा नै खाता खोली न्युनतम
मौज्दात पनि रु.५००।– मात्र भए पुग्ने, ·
व्याज आयमा कुनै किसिमको कर, शुल्क
नलाग्ने, ·
पूर्णतया सरकारी स्वामित्वमा रहेको बैंक, ·
निःशुल्क चेक बुक उपलब्ध हुने , ·
प्रत्येक महिनाको ब्याज गणना गरिने र
गणना गरिएको व्याज आर्थिक वर्षको अन्तमा साँवामा परिणत गरिने, ·
निःशुल्क रुपमा खाताको विवरण ९क्तबतझभलत
० प्राप्त गर्न सकिने, ·
दुई वा दुई भन्दा बढी व्यक्तिको नाममा
संयुक्त खाता खोली रकम जम्मा गर्न सकिने, ·
न्यूनतम रु.१०,०००।–
देखि अधिकतम रु.४,५०,०००।– सम्म ऋण
लगानी गर्न सकिने व्यवस्था, हुलाक बचत बैंकमा खोल्न सकिने खाताहरु १) व्यक्तिगत
खाता M एक जनाले
एक भन्दा बढी व्यक्तिगत खाता खोल्न पाउने छैन । v साधारण
बचत खाता M सबै नेपाली नागरिकले यो खाता खोल्न
सक्नेछन् । यो खातामा ६ प्रतिशत व्याज प्राप्त हुनेछ । जसका लागि निम्नवमोजिमका
कागजातहरु स्वयम् उपस्थित भई हुलाक बचत बैंकमा पेश गर्नुपर्ने छ । ·
नेपाली नागरिकताको प्रमाणपत्र ,वा ·
नागरिकता प्रमाणपत्र नं. खुलेको
जग्गाधनी प्रमाणपूर्जा, वा ·
नागरिकता प्रमाणपत्र नं.खुलेको त्यस्तो
नागरिक कार्यरत निकायको परिचय पत्र वा निजका नाममा कुनै सरकारी निकायबाट जारी भएको
इजाजतपत्र, वा ·
नागरिकता प्रमाणपत्र नं. खुलेको त्यस्तो
नागरिक बसोवास गरिरहेको स्थानीय तहको आधिकारीक सिफारिसपत्र वा उमेर खुलेको नाता
प्रमाणित प्रमाणपत्र । ·
हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको
फोटो । v जेष्ठ
नागरिक बचत खाता M ७० वर्ष
उमेर पूरा भएका नेपाली नागरिकले यो खाता
खोल्न सक्नेछन् । यस खातामा ७ प्रतिशतका दरले व्याज प्राप्त हुनेछ । २) नाबालक खाता M १६ वर्ष उमेर
नपुगेका नेपाली नागरिकका नाममा निजको आमा,बुबा, संरक्षक
वा अभिभावकको संरक्षकत्वमा यो खाता खोल्न सक्नेछन् । यस खातामा वार्षिक ६ प्रतिशत
व्याजदर हुनेछ । ३) संयुक्त बचत खाता M दुई वा दुई भन्दा बढी व्यक्तिको
संयुक्त हस्ताक्षरबाट संयुक्त स्वामित्व रहने गरी वा कुनै संघ संस्थाका एक भन्दा
बढी पदाधिकारीको संयुक्त दस्तखतबाट संचालन हुने गरी यो खाता खोल्न सकिने छ । यस
खातामा पनि ६ प्रतिशतका दरले व्याज प्राप्त हुनेछ
। बचत खाता खोल्न आवश्यक पर्ने कागजातहरु v नेपाली
नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
(फोटोकपी) वा सरकारी निकायबाट जारी प्रमाण
वा परिचयपत्र वा सिफारिस पत्र । v हालसालै
खिचेको २ प्रति पासपोर्ट साइजको फोटो टाँस गरी तोकिएको ढाँचाको दरखास्त फाराम
भनुपर्ने । नाबालक खाता खोल्न आवश्यक पर्ने
कागजातहरु v नाबालकको
जन्मदर्ता प्रमाणपत्र वा निज अध्ययनरत विद्यालयको जन्म मिति खुलेको विद्यार्थी
परिचयपत्र वा स्थानीय निकायको जन्म मिति
खुलेको सिफारिसपत्र र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी (फोटोकपी) । v तोकिएको
ढाँचाको दरखास्त फाराम भनुपर्ने । खातामा रहने रकमको अधिकतम हद v गोश्वारा
हुलाक कार्यालय काठमाण्डौको हुलाक बचत बैंकमा रु.१५,००,०००।— (पन्ध्र लाख रुपैँया ) सम्म । रकम झिक्न पूर्व सुचना दिनु पर्ने खातावालाले आफनो खाताबाट निम्न बमोजिमको रकम
भन्दा बढी रकम एकै पटक झिक्नु परेमा आफुले रकम झिक्न लागेको पूर्व सूचना ७ दिन
अगावै बचत बैंकलाई दिनुपर्ने छ । १) गोश्वारा हुलाक कार्यालय,काठमाण्डौ
स्थित हुलाक बचत बैंकबाट रु एक लाख । ऋण लिने कर्मचारी सम्बन्धी व्यवस्था
सञ्चार तथा सूचना प्रविधि
मन्त्रालय अन्तर्गत कार्यरत् सम्पूर्ण निजामति कर्मचारीहरु तथा अतिरिक्त
हुलाकका कर्मचारीहरु समेतको हकमा नोकरीलाई धितो मानी ऋण लगानी गर्न सकिनेछ । जसका
लागि M क) ऋण लगानी हुने सम्बन्धित निकाय अन्तर्गत
स्थायी रुपले कार्यरत रहेको । ख) कार्यरत सेवामा दुई वर्ष स्थायी सेवा अवधि
पुरा भएको, अतिरिक्त हुलाकका कर्मचारी सम्बन्धमा ५ वर्ष सेवा अवधि पुरा भएको । ग) नियमितरुपमा पारिश्रमिक नपाउने प्रकारको
कारबाहीमा नपरेको, घ) कुनै पनि अभियोगमा निलम्बनमा नपरेको । ङ) जति अवधिको ऋण लिने हो कम्तिमा त्यति अवधि
सेवाबाट उमेरको हदले अनिवार्य अवकाश प्राप्त गर्न बाँकी रहेको । बचत बैंकबाट ऋण लिँदा अपनाउनु पर्ने
प्रक्रियाहरु v सम्बन्धित
बचत बैंकले तोकिएको न्युनतम रकम मौज्दात खातामा रहने गरी बचत खाता खोल्नु पर्ने । v कार्यरत
कार्यालयबाट किस्ता (साँवा तथा व्याज) रकम भुक्तानी गरिने प्रतिबद्धता सहित अन्य
हुलाक बचत बैंकबाट ऋण नलिएको र हाल खाईपाई आएको तलब र ग्रेड समेत खुलेको तथा निज
कर्मचारी अन्यत्र सरुवा भई जादा हुलाक बचत बैंकको ऋण चुक्ताको पत्र वाहेक रमना
पत्र नदिने व्यहोराको सिफारिसपत्र संलग्न गरी अनुसूची १० (ऋण मागपत्र ) को ढाँचामा निवेदन पेश गर्नु पर्नेछ । v ऋण लिने
कर्मचारीले आफु कुनै कारणले सेवाबाट अलग भएमा वा ऋण लिन नपाउने कार्यालयमा सरुवा
भएमा ऋण चुक्ता गरेर मात्र सेवा सम्बन्धी
सुविधा र रमाना लिन मन्जुरी गरेको लिखित तोकिएको ढाँचामा कबुलियत गर्नु पर्ने । v मासिक
रुपमा ८ प्रतिशत व्याज सहित नियमित किस्ता तिर्र्ने शर्त स्वीकार गरेको हुनु पर्ने । v ऋण लगानी
गरे बापत लगानी रकमको ०.५ प्रतिशत हुने रकम सेवा शुल्क बापत शुल्क लाग्ने । लगानीको हद बचत बैंकको निक्षेपको स्थिति, कारोबारको
अवस्था तथा कर्मचारीहरुको माग समेतको अधारमा हुने लगानीको हद न्युनतम रु.१०,०००।–
देखि अधिकतम रु.४,५०,०००।– सम्म तथा
ऋण फिर्ता गर्नु पर्ने समयावधि क्रमशः १ देखि ६ वर्ष सम्मको हुनेछ । नोट M हुलाक बचत
बैँक सम्बन्धी विस्तृत जानकारी हुलाक बचत बैँक कार्यसंचालन निर्देशिका (दोश्रो
संशोधन) २०७६ Download गरी हेर्न सकिनेछ । |