पार्सल शाखाका मुख्य कार्यहरुः

  • विभिन्न देशका हुलाक प्रशासनबाट प्राप्त हुन आउने पुलिन्दा मेल ब्यागहरु प्राप्त गरी बुझ्ने, बुझ्न लगाउने, कैफियत भएमा एरर नोट खडा गरी पठाउने ।
  • स्थानीय रुपमा (उपत्यका भित्र) डेलिभरी दिनुपर्ने पुलिन्दाका प्रापकलाई जनाउ पत्र पठाउने र प्रापक प्रमाण सहित कार्यालयमा हाजिर भएपछि प्रमाण हेरी पुलिन्दा डेलिभरी दिने व्यवस्था मिलाउने ।
  • काठमाडौं उपत्यका भन्दा बाहिरको ठेगानामा प्राप्त हुन आएका पुलिन्दाहरु भन्सार कार्यालयमा भएका जिल्ला भए सिधै सम्बन्धित जिल्ला हुलाक कार्यालयमा र भन्सार कार्यालय नभएको जिल्लाको हकमा भने त्यस्तो पुलिन्दा भन्सारको कर्मचारीको रोहबरमा प्रज्ञापन पत्र भराई सो समेत संकलन गरी वितरणको लिग सम्बन्धित हुलाकमा पठाउने व्यवस्था मिलाउने ।
  • कार्यालयमा दर्ता हुन आएका पुलिन्दाहरु भन्सारबाट जाँच गराई शिल लागेर आएपछि लाग्ने महसुल चुक्ता गराई दर्ता गर्ने व्यवस्था गर्ने ।
  • डाँकमा संकलन पुलिन्दाहरुको सुची लगायतका सुचीहरु प्रमाणित गर्ने ।
  • वितरण हुन नसकेका पुलिन्दाहरु प्रेषकको निर्देशन भएमा प्रेषकको ठेगानामा फिर्ता पठाउने तथा अन्य हुलाक ऐन अनुसार पर्छयौट गर्ने व्यवस्था मिलाउने ।
  • पुलिन्दा आयात र निर्यातको रेकर्ड राख्ने व्यवस्था मिलाउने साथै मेल ब्यागहरुको लेखा व्यवस्थित गराउने।