प्रशासन तथा योजना शाखाका कार्यहरु
- गोश्वारा हुलाक कार्यालय र अर्न्तगत इलाकाहरु समेतको स्वीकृत दरवन्दी पदपूर्ति तथा रिक्त विवरण अद्यावधिक गराउने सम्बन्धी कार्य गर्ने ।
- गोश्वारा हुलाक कार्यालय, निर्देशनालयका हेतु गोश्वारा हुलाक कार्यालय र यस निर्देशनालय मातहतका जिल्ला हुलाक कार्यालयका कर्मचारीहरुको नियुक्ति, बढुवा, अवकाश, राजिनामा, उपदान, निवृत्तिभरण, दण्ड पुरस्कार सम्बन्धी कार्य गर्ने ।
- कार्यालय भवन तथा अन्य भौतिक साधनहरुको स्याहार सम्भार र मर्मतका लागि आवश्यक कार्यहरु गर्ने, गराउने ।
- गोश्वारा हुलाक कार्यालयको लागि आवश्यक जिन्सी सामानहरु आपूर्तिको लागि व्यवस्था मिलाउने र जिन्सीको लेखा व्यवस्थित गराउने ।
- कार्यालय र ईलाका अन्तर्गतका कार्मचारीहरुको हाजिरी, गयल, विदाको अभिलेख अद्यावधिक गराई राख्ने कार्य गर्ने ।
- कार्यालयको मूल दर्ता तथा चलानी व्यवस्थित गर्ने ।यस कार्यालय तथा मातहतका कार्यालयहरुका कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्ने गराउने।
- कार्यालयका कार्यान्वयनमा रहेका योजनाहरुको प्रगति विवरण लक्ष्य अनुरुप भए नियमित अनुगमन तथा निरीक्षण गर्ने
- कार्यालयको विभिन्न कार्यहरुको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गरी स्वकृतिको लागि सुपरिक्षक समक्ष पेश गर्ने ।