logo/logo_17z4vo1 (1)_ldixst1.png
logo/logo_17z4vo1 (1)_ldixst1.png

वि.सं:

नेपाल संवत: ११४५ चौलागा एकादशी - २६

परिचय

गोश्वारा हुलाक कार्यालय

हुलाक बाट प्रदान गरिने सबै सेवाहरू एउटै हुलाक बाट उपलब्ध गराउने नेपाल बाट विश्वका विभिन्न देशमा हुलाक वस्तुको आदान-प्रदान गर्नको लागि गोश्वारा हुलाक कार्यालयको स्थापना भएको हो। यो नेपालको एकमात्र "डाँकविनिमयकेन्द्र" हो।विश्व हुलाक संघको सदस्यता लिई वि.सं.२०१६ सालमा वैदेशिक डाँक आदान-प्रदान हुन थालिसके पछि यस कार्यालयको भूमिका अझ बृहत भएकोछ।गोश्वारा हुलाक कार्यालय हुलाक सेवा विभाग अन्तर्गत कार्यसंचालन स्तरको प्रमुख कार्यालय हो।वि.सं.२०७५ साल देखि गोश्वारा हुलाक कार्यालयले साविक मध्यमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयको भुमिका समेत निर्वाह गर्दै आएको छ।

यस कार्यालयले नेपाल सरकार तथा विश्व हुलाक संघ द्बारा पारित ऐन, नियम, नीति, निर्देशन बमोजिम आन्तरिक तथा वैदेशिक रूपमा नागरिक लाई विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ।

यस कार्यालय अन्तर्गत काठमाडौं जिल्लाको ७ स्थानमा हुलाक काउण्टर, १० स्थानमा पालिका हुलाक र सो-अन्तर्गत ४२ स्थानमा अतिरिक्त हुलाक रहेका छन्।

गोश्वारा हुलाक कार्यालयका मुख्य-मुख्य कार्यहरूः

· दैनिक हुलाक प्रशासन सञ्चालन तथा व्यवस्थापन ।

· राष्ट्रिय तथा अन्तराष्ट्रिय चिठ्ठीपत्र, पुलिन्दा, द्रुत डाँक-संकलन,ओसारपसार र वितरण ।
· पोष्ट बक्स सञ्चालन ।
· काठमाडौं उपत्यका भित्र घुम्ती सेवा सञ्चालन ।
· डाँक व्यवस्थापन।
· ५०० Watt सम्मको F.M नविकरण (स्थानीय तहमा व्यवस्था नभएको हकमा मात्र)
· जनगुनासो व्यवस्थापन ।