अनुगमन तथा अनुसन्धान शाखाका मुख्य कार्यहरुः
- गोश्वारा हुलाक कार्यालयको वार्षिक प्रगति विवरण तयार गर्ने,
- गोश्वारा हुलाक कार्यालयका विभिन्न शाखाहरु मार्फत भएको हुलाक वस्तुको आयात-निर्यातको मासिक विवरण तयार गर्ने,
- गोश्वारा हुलाक अन्तर्गतका जिल्ला हुलाक कार्यालयले गरेको हुलाक वस्तु आयात-निर्यातको मासिक विवरण तयार गर्ने,
- गोश्वारा हुलाक कार्यालय मातहतका इलाका हुलाक कार्यालयले गरेको हुलाक वस्तु आयात-निर्यातको मासिक विवरण तयार गर्ने,
- हुलाक सेवा विभाग मार्फत गरिएका परिपत्रहरुलाई गोश्वारा हुलाक कार्यालय मार्फत मातहतका कार्यालयहरुमा पत्राचार गर्ने,
- गोश्वारा हुलाक कार्यालय तथा मातहतका जिल्ला हुलाक कार्यालयहरुको डाँक रेखा व्यवस्थापन, परिमार्जन तथा संशोधन गर्न आवस्यक समन्वय गर्ने,
- गोश्वारा हुलाक कार्यालय मातहतका जिल्ला तथा इलाका हुलाक कार्यालयको डाँक व्यवस्थापन, निरीक्षण तथा अनुगमन गर्ने,
- गोश्वारा हुलाक कार्यालय मातहतका जिल्ला हुलाक कार्यालय तथा इलाका हुलाक कार्यालयहरुको निरिक्षण, अनुगमन तथा मुल्याङ्कन गरि कार्यालय प्रमुख ज्यु समक्ष प्रतिवेदन पेश गर्ने,
- शाखागत दैनिक प्रशासनिक कार्यहरु नियमित रुपमा गर्ने तथा अभिलेख व्यवस्थापनलाई चुस्त राख्ने
अभिलेख ब्यबस्थापन र चिठी पत्रहरुको खोजी
मेल सेन्टरबाट प्राप्त अभिलेख, दर्ता वितरणबाट प्राप्त अभिलेख, पोष्टबक्स प्राप्त अभिलेख, विभिन्न ईलाकाबाट प्राप्त अभिलेख, आन्तरि चिठीपत्रहरुको खोजी, बैदेशिक चिठीपत्रहरुको खोजी